भारतमा उग्र बन्दै विद्यार्थी आन्दोलन: प्रश्नपत्र लिकको असन्तुष्टिबाट सुरु भएको आक्रोश फैलियो देशैभर
bishowkhabar.com · Thu Jul 23 04:58:26 GMT 2026

काठमाडौं -भारतमा युवामा देखिएको असन्तुष्टि र सरकारप्रतिको मौन आन्दोलन पहिलो पटक सडकमा उत्रिएको छ । भारतमा केही महिनाअघि सुरु भएको ‘कक्रोच जनता पार्टी’को नेतृत्वमा भइरहेको युवा आन्दोलन अहिले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका लागि सबैभन्दा ठुलो जनदबाब बनेको छ । राष्ट्रिय स्तरका प्रवेश परीक्षा र सरकारी जागिरका परीक्षामा पटक–पटक भएको प्रश्नपत्रको चुहावट, बढ्दो बेरोजगारी, शिक्षा प्रणालीप्रतिको अविश्वास तथा सरकारी जबाफदेहिताको मागसहित सामाजिक सञ्जालबाट सुरु भएको विरोध आमरण अनसन हुँदै सडकसम्म पुगेको छ ।
अनलाइन व्यंग्यबाट सुरु भई अहिले भारतको राजधानीदेखि मुख्य सहरका सडकहरूसम्म यो आन्दोेलन फैलिएको छ । शिक्षा प्रणालीमा भएको धाँधली, बढ्दो बेरोजगारी र प्रशासनिक गैरजबाफदेहिताको विरोधमा सुरु भएको यो प्रदर्शन अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ । सन् २०१४ देखि निरन्तर सत्तामा रहेको बिजेपी र प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीमाथि विद्यार्थीहरूले पहिलो पटक यति ठुलो दबाब सिर्जना गरेका छन् । विगतमा पटक–पटक गरी ३ वर्षसम्म भएको किसान आन्दोलन, करिब १ वर्षसम्म चलेको नागरिकता संशोधन ऐनविरुद्धको प्रदर्शन, निजीकरणविरुद्धको आन्दोलनजस्ता थुप्रै नागरिक विरोध झेलेको बिजेपी सरकारलाई यस पटक विद्यार्थीहरूले पूर्ण दबाबमा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)