खारेखोलाले बस्तीको जगै तान्यो, लंगोटाका १५ बढी घर जोखिममा
annapurnapost.com · Thu Jul 23 04:58:17 GMT 2026

दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका–८ को लंगोटा बस्ती खारेखोलाको तीव्र कटानका कारण उच्च जोखिममा परेको छ । बुधबार रातिको बाढीपछि खोलाले घरमुनिको जमिन बगाउन थालेपछि १५ भन्दा बढी घर जोखिममा परेका हुन् ।
कटान निरन्तर बढ्दै गएपछि स्थानीयले घरभित्रका सामान सुरक्षित स्थानमा सारिरहेका छन् । ‘खोलाले घरको तलबाट जग नै तान्न थालेको छ । कहिले घर भत्किएला भन्ने त्रास छ । रातभर घर छाडेर सुरक्षित ठाउँमा बस्यौं, बिहान फर्केर सामान निकालिरहेका छौं’, स्थानीय रमेश श्रेष्ठले भने । खारेखोलाको कटान लंगोटामा मात्र सीमित छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)