सांसद साहलाई मोसो दल्ने धम्की दिएको आरोपमा युवक पक्राउ
annapurnapost.com · Thu Jul 23 05:31:20 GMT 2026

सिमरा : बारा क्षेत्र नं. ३ का सांसद अरविन्द साहलाई मोसो दल्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । सांसद साहका भाइले दिएको उजुरीका आधारमा प्रहरीले नेजामुद्धिन अन्सारीलाई बुधबार नियन्त्रणमा लिएको हो ।
अन्सारीलाई अहिले जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ । अन्सारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा साहको विरोध गर्दै स्टाटस लेखेका छन् । जसमा उनले चुनावी घोषणापत्र अनुसार काम नभएको भन्दै सांसद साहको विरोध गरेका छन् भने मोसो (कालो मसी) दल्ने भन्दै खुला धम्की दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)