भारततर्फ तस्करी हुँदै गरेको लाखौँको मदिरासहित कार बरामद
nepalpress.com · Thu Jul 23 05:31:13 GMT 2026

जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिका-३ धाँतीस्थित नेपाल-भारत सीमावर्ती दशगजा क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको करिब २१ लाख २७ हजार २१० रूपैयाँ बराबरको मदिरासहित भारतीय नम्बर प्लेटको कार सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार बिहीबार बिहान करिब ७ बजे सीमा सुरक्षा गुल्म हेडक्वार्टर इनर्वाबाट सशस्त्र प्रहरी निरीक्षक रामेश्वर रामको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले कार नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)