कलंकी–बसुन्धारा खण्ड निर्माणको भाका चाडपर्वपछि [तस्बिरहरू]
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दसैँ–तिहार)लगत्तै शुरू हुने भएको छ । अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन् ।
उनकाअनुसार परियोजनाअन्तर्गत मुख्य एक्सप्रेस–वे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ । उक्त कार्यको करिब ८० प्रतिशत प्रगति भइसकेको छ । केही स्थानमा कालोपत्रे गर्नमात्र बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)