कर्णालीमा नेकपाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
onlinekhabar.com · Thu Jul 23 05:50:51 GMT 2026

७ साउन, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बिहीबार बिहान बसेको बैठकले अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नेकपा र नपोली काँग्रेसका १६ जना सांसदहरूले यस अघि नै प्रदेश सभामा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराई सकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)