कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
ratopati.com · Thu Jul 23 06:06:13 GMT 2026

कैलाली । कैलालीमा गत आर्थिक वर्ष २०८२/ ८३ मा एक हजार नौ सय २९ विभिन्न प्रकृतिका अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै हुने गरेका छन् ।
वार्षिक प्रगति विवरणअनुसार यहाँ सङ्गठित तथा आर्थिक अपराधका ८०६ मुद्दा छन् । यस्तै, आत्महत्या अपराधका दुई सय ९८, ज्यानसम्बन्धी अपराधका दुई सय ६५, सामाजिक अपराधका दुई सय ३३, महिला तथा बालबालिकासम्बन्धी अपराधका एक सय ५७, सवारी ज्यानसम्बन्धी ९१ चोरीसम्बन्धी ५५ र अन्य २४ घटना दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)