सर्पदंशबाट बालकको मृत्यु : प्रधानमन्त्री कार्यालयको चासोपछि रकम व्यवस्थापन, परिवारलाई शव बुझाइयो
annapurnapost.com · Thu Jul 23 06:05:36 GMT 2026

बर्दिबास : सर्पदंशबाट मृत्यु भएपछि उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रोकिएको बालकको शव अन्ततः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासो र स्थानीय तहको समन्वयपछि परिवारलाई बुझाइएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीका चन्दन कापरका छोरा ८ वर्षीय विवेक कापरलाई बुधबार साँझ घरछेउको अम्बाको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो। परिवारले तत्काल उपचारका लागि बर्दिबास जनसेवा अस्पताल पुर्याए पनि भेन्टिलेटरमा उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)