ब्रिकेट उत्पादन गर्ने उद्योगमा ग्याँस लिक भई आगलागी हुँदा तीन कामदार गम्भीर घाइते
nagariknews.nagariknetwork.com · Thu Jul 23 06:01:48 GMT 2026

धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्याँस लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्।
बिहीबार बिहान करिब ७ बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रा.लि. (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई अचानक आगलागी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)