प्रदेशमा सत्ता फेरबदल- पुराना दललाई पुनर्जीवित गर्ने कि थप क्षयीकरणतर्फ धकेल्ने ?
nepalpress.com · Thu Jul 23 06:16:09 GMT 2026

प्रदेश सभाको दोस्रो कार्यकाल सकिन लाग्दा प्रदेश सरकार फेरबदलको कसरत सुरु भएको छ । तर, यो कसरत प्रदेशका राजधानीमा होइन, संघीय राजधानी काठमाडौंमा भइरहेको छ । आगामी साताभित्रै सत्ता समीकरणको टुंगो लाग्न सक्ने चर्चा पनि चुलिएको छ ।
तर, अहिलेको मुख्य प्रश्न सरकार फेरबदल हुन्छ कि हुँदैन भन्ने मात्र होइन । प्रश्न हो- किन फेरबदल गर्ने ? केका लागि गर्ने ? र कसका लागि गर्ने ? करिब दुई वर्षअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश तथा संघीय सरकार सञ्चालनका लागि सातबुँदे सहमति भएको थियो । त्यही सहमतिको जगमा सरकारहरू बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)