‘बाँदर हेरालु’का लागि जागिर खुल्यो, मासिक तलब कति ?
rajdhanidaily.com · Thu Jul 23 06:18:53 GMT 2026

अर्घाखाँची । बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो ।
तत्कालका लागि २० जनाको लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थपघट हुन सक्ने कार्यालयले जनाएको छ । बाँदर हेरालुमा नियुक्त हुनका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ । उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने र वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)