मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीच निरन्तर साझेदारी
annapurnapost.com · Thu Jul 23 06:22:07 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनरका रूपमा आबद्ध भएको हो।
कार्यक्रममा रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए। उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा व्यावसायिक प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा सहकार्य गरिने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)