आन्दोलनलाई फेरि सशक्त रूपमा अघि बढाउन सकिन्छ : ओली
baahrakhari.com · Thu Jul 23 06:29:45 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै देशको राजनीतिक परिवर्तनको मुख्य आधार भएको बताएका छन् । नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले देशको सामाजिक तथा राजनीतिक रूपान्तरणमा दुवै नेताले अतुलनीय योगदान पुर्याएको बताएका छन् ।
ओलीले पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव मात्र नभई इतिहासका नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा स्मरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)