थ्रेड्समा स्क्रिन टाइम, स्लीप मोड र गोपनीयता नियन्त्रण फिचर थपिँदै
ictsamachar.com

काठमाडौं । मेटाको सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्स (Threads) ले किशोर–किशोरी प्रयोगकर्ताको अनलाइन गतिविधिलाई सुरक्षित बनाउन अभिभावक तथा संरक्षकका लागि नयाँ 'पेरेन्टल सुपरभिजन' (Parental Supervision) फिचर ल्याउने भएको छ ।
नयाँ फिचरमार्फत अभिभावकहरूले आफ्ना बालबालिकाले थ्रेड्समा कति समय बिताएका छन् भन्ने जानकारी हेर्न सक्नेछन् । साथै, उनीहरूले दैनिक स्क्रिन टाइमको सीमा निर्धारण गर्न र रातिको समयमा 'स्लीप मोड' (Sleep Mode) सक्रिय गर्न पनि सक्नेछन्, जसले निश्चित समयमा एपको प्रयोग सीमित गर्न मद्दत गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)