पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान
annapurnapost.com · Thu Jul 23 06:39:17 GMT 2026

काठमाडौं : पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन्। चीनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका खनाल एक साताब्यापी भ्रमणका लागि आज प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा उनले चिनियाँ नेतृत्वहरूसँग नेपाल-चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, मैत्री र सहयोगका विविध विषयमा विचार-विमर्श गर्नुहुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)