सुन मूल्य आज पनि बढ्यो
himalpress.com · Thu Jul 23 06:49:22 GMT 2026

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ५०५ निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)