बाढीपीडितलाई देश-विदेशको साथ, थपिँदै दाताहरू
kendrabindu.com · Thu Aug 27 11:58:06 GMT 2026

काठमाडौँ । बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट आर्थिक र मानवीय सहयोगको घोषणा बढ्दै गएको छ । बुधबार र बिहीबार मात्रै विभिन्न व्यक्ति, व्यवसायिक संस्था, राजनीतिक दल तथा अन्तर्राष्ट्रिय साझेदारले ठूलो रकमसहित राहत सहयोगको प्रतिबद्धता जनाएका छन् ।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोजी तथा पुनःस्थापनाका लागि गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)