कपिलवस्तुको बभनीमा ऐतिहासिक खोज: प्राचीन करुवाभित्र फेला परे २,३१४ वटा तामाका सिक्का
barnanmedia.com · Thu Jul 23 07:04:31 GMT 2026

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीमा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका प्राचीन तामाका सिक्का र एक थान करुवा फेला परेको छ। स्थानीय कृषकले आफ्नो खेतमा काम गर्ने क्रममा जमिनमुनि लुकाएर राखिएको अवस्थामा उक्त धातुको करुवा फेला पारेका थिए। खेत खन्ने क्रममा शङ्कास्पद वस्तु देखेपछि स्थानीयबासीले तत्कालै प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र कपिलवस्तु सङ्ग्रहालयका कर्मचारीहरूको रोहवरमा उक्त करुवालाई खोलेर गणना गर्दा भित्र एकापसमा टाँसिएको अवस्थामा कुल २,३१४ थान तामाका सिक्काहरू फेला परेका छन्। सङ्ग्रहालयका विज्ञहरूको प्रारम्भिक अध्ययन अनुसार फेला परेका सिक्काहरूमा प्राचीन अरबी लिपिहरू कुँदिएका छन्। यो ऐतिहासिक सम्पत्ति करिब १२औँ वा १३औँ शताब्दी अर्थात् मध्यकालतिरको हुन सक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)