प्रधानमन्त्री कार्यालय पुगेका निहारिका र विनु पक्राउ
baahrakhari.com · Thu Jul 23 07:06:15 GMT 2026

काठमाडौं । आफूह हिंसामा परेको भन्दै न्याय मागिरहेका निहारिका राजपुत र विनु यादव पक्राउ परेका छन् । केही दिनदेखि सिंहदरबार गेटमा धेर्ना दिइरहेका उनीहरूलाई गेटभित्र प्रवेश गर्दा यसअघि पनि प्रहरीले पक्राउ गरेको भिडियो सार्वजनिक भएको थियो ।
बिहीबार बिहान ९ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका दुवैलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । दुवैलाई महानगरीय प्रहरी प्रभाग मालिगाउँमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)