काठमाडौं अदालतको ‘अफिसर्स क्लब’ अध्यक्षमा खतिवडा
baahrakhari.com · Thu Jul 23 07:16:32 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत शाखा अधिकृतहरूको भेलाबाट ‘अफिसर्स क्लब’ पुनर्गठन गरिएको छ । बुधबार (साउन ६) आयोजित भेलाबाट क्लब पुनर्गठन गरिएको हो ।
शाखा अधिकृत रमेश खतिवडाको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा उर्वशी घिमिरे, सचिवमा साधना देउवा, कोषाध्यक्षमा सुनिल चौहान र सदस्यमा तेजबहादुर राई, प्रकाश ढकाल, चक्रबहादुर रसाइली, प्रभा फ्युबा र अनन्या जोशी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)