५ लाख घुससहित रंगेहात पक्राउ परे लहानका कर अधिकृत
nepalpress.com · Thu Jul 23 07:39:45 GMT 2026

सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरमै रंगेहात नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले अडिट प्रक्रिया अगाडि बढाइदिन ५ लाख रूपैयाँ मागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)