आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
ratopati.com · Thu Jul 23 07:42:11 GMT 2026

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिका–इरानबीचको बढ्दो सैन्य तनाव, स्ट्रेट अफ होर्मुज र बाब अल–मन्दब जलमार्गमा सिर्जना भएको सुरक्षा संकट तथा तेल ट्याङ्करमाथि भएका आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार पाँचौँ दिन पनि बढेको हो ।
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ कच्चा तेलको मूल्य बिहीबार २ दशमलव ६ प्रतिशतले बढेर प्रति ब्यारेल ९६ डलर ४९ सेन्टमा पुगेको छ । यो मूल्य जुन ८ यताकै उच्च हो । अघिल्लो दिन लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कारोबार बन्द हुँदा ब्रेन्ट क्रुडको भाउ मूल्य तीन डलरभन्दा बढीले बढेर ९४ डलर शून्य ७ सेन्टमा पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)