प्रहरीद्वारा सप्तरीमा तीन हजार ३३२ किलो गाँजा बरामद
nepalnews.com · Thu Jul 23 07:49:54 GMT 2026

काठमाडौँ। प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका-५ बाट अवैध प्रहरीले बुधबार राति ३ हजार ३३२ किलो गाजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले हनुमाननगरबाट रामपुरमल्हनियातर्फ जाँदै गरेको बा.प्र.०१-०२५ च ०४३६ नम्बरको स्कारपियोबाट १९ बोरा, प्र.१-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको पिकअपबाट ३३ वटा बोरामा रहेको गाँजा बरामद गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)