होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने
annapurnapost.com · Thu Jul 23 07:58:15 GMT 2026

काठमाडौं : विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका छन् । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई नागरिकतामा स्थायी ठेगाना भएको स्थानमा नै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका हुन् ।
बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गर्दै उनीहरुले काठमाडौंमा जस्तो अन्य स्थानमा सहज रुपमा रोजगारी नपाइने भएकाले जीवनयापनमा समस्या हुन सक्ने जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)