ग्यास लिक भएर आगलागी हुँदा तीन कामदार घाइते
barnanmedia.com · Thu Jul 23 08:02:20 GMT 2026

धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरमा रहेको ग्रिन बायो फ्यूल उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन् । बिहीबार उद्योगभित्र कामदारले कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले बिहीबार बिहान उद्योगभित्रको कोठामा कामदारले खाना पकाउने क्रममा ग्यास लिक भइ अचानक आगलागी भएको बताउनुभयो। उहाँका अनुसार आगलागीबाट बाराको प्रसौनी गाउँपालिका–४, खुट्वा प्रसौनीका २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सार र २५ वर्षीय धर्मराज महतोको शरीरको विभिन्न भाग जलेर घाइते भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)