‘लज्जावती’को ‘दिलको मोटर’ ले तान्याे दर्शककाे मन
nagariknews.nagariknetwork.com · Thu Jul 23 08:16:07 GMT 2026

प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लज्जावती’ को गीत ‘दिलको मोटर’ ले दर्शकको ध्यान तानिरहेको छ। प्रेम, उत्साह र खुसीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको यस गीतले सिनेमाको प्रचारमा थप ऊर्जा दिएको छ।
गीतको शीर्षक ‘दिलको मोटर’ ले नै प्रेमको भावलाई झल्काउँछ। प्रेमले मानिसको मनमा ल्याउने उत्साह, बढ्दो आकर्षण र भावनात्मक हलचललाई गीतले सरलसँगै मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ। ‘दिलको मोटर दिलमा कुद्यो, हल्का लजार…’ भन्ने टुक्काले प्रेममा परेको व्यक्तिको मुटुको गति र मनको चञ्चलतालाई रोचक ढंगले अभिव्यक्त गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)