कर्णालीमा बस्न सकेन प्रदेश सभा, शनिबार सारियो
ratopati.com · Thu Jul 23 08:28:32 GMT 2026

सुर्खेत । कर्णालीमा बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठक नबसेर नै स्थगित भएको छ। सभामुख नन्दा गुरुङले विशेष कारण देखाउँदै बिहीबार बस्न नसकेको बताएकी छिन् ।
साथै, आगामी बैठक साउन ९ गते शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेस र नेकपाले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध गत बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)