शवको वैज्ञानिक अभिलेख राखिँदै
gorkhapatraonline.com · Sat Aug 29 23:46:25 GMT 2026

रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको छ ।
बाढीले बगाएर नदी किनार, खोल्सा तथा विभिन्न स्थानमा पुर्याएका शव तथा शरीरका अङ्गहरू सङ्कलन गरी कानुनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने र त्यसपछि स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)