४१ वर्षअघि अतिक्रमणमा परेको काली मन्दिरको घरजग्गा फिर्ता, धर्मशाला बनाइने
onlinekhabar.com · Thu Jul 23 08:58:48 GMT 2026

७ साउन, विराटनगर । पुजारीले नै आफ्नो नाममा दर्ता गरेको विराटनगरको मुख्य बजारमा रहेको काली मन्दिरको अतिक्रमित जग्गा र भवन स्थानीय प्रशासनले खाली गराएको छ । उच्च अदालत विराटनगरको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले घरजग्गा बिहीबार खाली गरेको हो ।
विराटनगर मेनरोडस्थित मन्दिरको पश्चिमतर्फ रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन पुजारी केशवप्रसाद ढकालले आफ्नो नाममा दर्ता गरेका थिए । त्यसअघि जग्गा मन्दिरकै नाममा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)