नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने
baahrakhari.com · Thu Jul 23 08:59:38 GMT 2026
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डसले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिए ।
नेपाल खेलमा श्रृखंलाको पहिलो जित निकाल्ने लक्ष्यमा छ । टोलीले यसअघि भएको पहिलो खेलमा नामिबियासँग आठ विकेटको पराजय व्यहोरेको थियो । नेपाल जारी लिग–२ मा २४ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)