टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने महानगरको तयारी
clickmandu.com · Thu Jul 23 09:07:47 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको छ ।
महानगरका अनुसार केन्द्रको निर्माण कार्य अन्तिम चरणतर्फ अघि बढिरहेको छ । निर्माण सम्पन्न भएपछि मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सञ्चालनमा आएपछि काठमाडौंको फोहोर व्यवस्थापनलाई थप आधुनिक, व्यवस्थित र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)