माधवलाई प्रचण्डको जवाफ– बेलुकै एकता गरौँ भनेको छैन
baahrakhari.com · Sun Jun 28 10:26:00 GMT 2026

काठमाडौं । वामपन्थी एकताबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सह–संयोजक माधवकुमार नेपाललाई जवाफ दिएका छन् । आइतबार मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले आफूभन्दा अघि बोलेका नेता नेपालको भनाइमा जवाफ दिए ।
“यहाँ केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यौँ, बुझ्नै सकिएन । मलाई अनौठो लाग्छ । मैले कहीँ पनि भोलि नै एकता गरौँ । बेलुकै पार्टी एकता गरिहालौँ भनेको छैन । सकिन्छ भने सहकार्य चाहि आजै गरौँ, भरे सकिन्छ भने भरे गरौँ । भोलि सकिन्छ भने भोलि गरौँ । सदनमा गरौँ । चुनावमा गरौँ, सडकमा गरौँ,” प्रचण्डले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)