सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
ratopati.com · Thu Jul 23 09:14:50 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अमेरिकासँग नयाँ सम्झौता गर्न भिख मागिरहेको दाबी गरेका छन् । फिलिपिन्सको राजधानी मनिलामा आयोजित आसियान शिखर सम्मेलनको अवसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति इरानप्रति अझ कडा हुने सङ्केत दिए ।
रुबियोका अनुसार इरानले बारम्बार अमेरिका समक्ष वार्ताको प्रस्ताव राख्दै आएको छ । ‘इरानले हामीसँग भिख मागिरहेको छ, प्रत्यक्ष र परोक्ष दुवै रूपमा भनिरहेको छ , सम्झौता गरौँ । वार्ता गरौँ । कुरा गरौँ,’ उनले भने । हरेक पटक अमेरिका र इरानले युद्धविराम वा अन्य सम्झौता हुँदा इरानका नेतृत्वकर्ताहरूले ती सम्झौता उल्लङ्घन गर्ने वा पछि त्यसका सर्त परिवर्तन गर्न खोज्ने गरेको आरोप उनले लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)