कांग्रेसभित्र निर्विकल्पको ठूलो भ्रम छ : प्राध्यापक खनाल
baahrakhari.com · Thu Jul 23 09:29:02 GMT 2026

काठमाडौं । प्राध्यापक कृष्ण खनाल नेपाल कांग्रेसभित्र निर्विकल्पको ठूलो भ्रम रहेको बताएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा बिहीबार (साउन ७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “म रहिनँ भने कांग्रेस रहँदैन भन्ने कांग्रेसमा ठूलो भ्रम छ । आफूलाई निर्विकल्प ठान्नु हुँदैन । कांग्रेसमा धेरै नेता आए गए । बीपीले त्यही निर्विकल्प भन्ने राजनीति सोचका विरुद्ध लडाइँ लड्नुभयो । कुनै बेला राणा र राजाहरूले आफूलाई निर्विकल्प ठान्थे । त्यही निर्विकल्पताको विरुद्ध बीपीको लडाइँ हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)