नेप्से बढ्यो‚ कारोबार रकम घट्यो
nepalnews.com · Thu Jul 23 09:39:32 GMT 2026

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से दोहोरो अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १४.१७ अंकले बढेर बन्द भयो। नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
नेप्से बुधबार १३.९५ अंकले घटेको थियो। मंगलबार ७.२५ अंकले बढेको थियो भने सोमबार पनि ४१.७० अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.५२ प्रतिशतले बढ्दै नेप्से २७२६.७२ विन्दुमा रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)