त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ
nepalnews.com · Thu Jul 23 09:52:28 GMT 2026

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका उनीहरूको ‘सुटकेस’ जाँच गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)