विद्युत महसुलमा लगाइएको भ्याट तत्काल हटाउन माग
annapurnapost.com · Thu Jul 23 10:01:25 GMT 2026

नवलपुर : नवलपुर जिल्लाका तीन प्रमुख उद्योग वाणिज्य संघहरूले विद्युत महसुलमा हालै लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । नवलपुर उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ र मध्यविन्दु उद्योग वाणिज्य संघले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र मार्फत् यस्तो माग गरेका हुन् ।
विद्युत आजको समयमा विलासिताको वस्तु नभई नागरिकको आधारभूत आवश्यकताका साथै मुलुकको आर्थिक विकास, औद्योगिक उत्पादन, व्यापार, कृषि, पर्यटन र सेवा क्षेत्रको प्रमुख आधार भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारले एकातिर विद्युतीय ऊर्जाको अधिकतम प्रयोग बढाउने, पेट्रोलियम पदार्थको आयात न्यूनीकरण गर्ने, बिद्युतीय सवारीसाधन तथा उपकरणको प्रयोग विस्तार गर्ने नीति लिइरहेको अवस्थामा विद्युत महसुलमा थप भ्याट लगाउने निर्णयले सरकारकै दीर्घकालीन ऊर्जा तथा आर्थिक नीतिलाई समेत कमजोर बनाउने व्यवसायीहरूको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)