संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा उम्मेदवारबीच बहस हुँदै
barnanmedia.com · Thu Jul 23 09:56:38 GMT 2026

संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुआत हुन एक साताअघि छ जना उम्मेदवार पहिलोपटक सार्वजनिक टेलिभिजन बहसमा सहभागी हुँदैछन् । विश्वव्यापी वित्तीय र विश्वासको सङ्कट सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घको भावी नेतृत्वबारे उम्मेदवारहरूको दृष्टिकोण प्रस्तुत गर्ने यो बहसलाई महत्त्वपूर्ण मानिएको छ ।
महासभाको सभाहलमा हुने ९० मिनेटको बहसमा उम्मेदवारहरूले कूटनीतिज्ञ, संयुक्त राष्ट्रसङ्घका कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरूका प्रश्नको उत्तर दिनेछन् । कार्यक्रम ब्लुमबर्गमार्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)