भारतले आफ्ना नागरिकलाई भन्यो– आवश्यक कागजातबिना कैलाश मानसरोवर यात्रामा नजानू
baahrakhari.com · Sun Jun 28 10:30:44 GMT 2026

काठमाडौं । भारतीय विदेश मन्त्रालयले आफ्ना नागरिकलाई आवश्यक ‘ट्राभल डकुमेन्ट्स’ प्राप्त नगरेसम्म कैलाश मानसरोवर यात्रा सुरु नगर्न सल्लाह दिएको छ । निजी टुर अपरेटरमार्फत यात्रामा निस्किएर नेपालमा अलपत्र परेका भारतीय तीर्थयात्रीले उद्धार र सहयोगका निम्ति आग्रह गरेपछि मन्त्रालयले यो ट्राभल एडभाइजरी जारी गरेको हो ।
विदेश मन्त्रालयका अनुसार, निजी टुर अपरेटरमार्फत कैलाश मानसरोवर यात्रामा निस्किएका केही भारतीय नागरिक चीन प्रवेशका निम्ति अनिवार्य रूपमा चाहिने अनुमतिपत्र र भिसा नलिईकनै नेपाल आइपुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)