परम्परागत खेतीभन्दा मौरीपालन लाभदायी
gorkhapatraonline.com · Sun Jun 07 00:44:48 GMT 2026

भैरहवा, जेठ २४ गते । कृषिमा मेहनत र सही व्यवस्थापन गर्न सके सानो लगानीबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ का ५१ वर्षीय राजकुमार पुन । पुन मौरी फार्म सञ्चालन गर्दै आएका उहाँले मौरीपालनलाई व्यावसायिक रूप दिँदै वार्षिक करिब १५ लाख रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
हाल उहाँको फार्ममा ४४ घार मौरी छन् । सुरुमा दुई वटा घारबाट व्यवसाय थालेका पुनले अहिले यसलाई विस्तार गर्दै व्यावसायिकस्तरमा पु-याउनुभएको छ । उहाँले मौरीपालन थालेको करिब २० वर्ष भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)