डा. गाेविन्द केसीले धनगढीमा सुरू गरे अनशन
nepalpress.com · Thu Jul 23 10:29:20 GMT 2026

धनगढी । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको धनगढीबाट आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्।
धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकको श्रीकृष्ण मन्दिर धर्मशालामा बसेर उनले बिहीबार दिउँसोदेखि सत्याग्रह सुरु गरेका हुन्। बुधबार साँझ नै धनगढी पुगेका डा. केसी धर्मशालाको कोठा नम्बर २११ मा बसेका थिए। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले औपचारिक रूपमा अनशन सुरु भएको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)