नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा
barnanmedia.com · Thu Jul 23 10:19:35 GMT 2026

नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर अतिक्रमणमा परेको छ । नहर भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्छ । नहरको जग्गा विभिन्न व्यक्ति, सङ्घसंस्था, समूह, र सरकारी निकायले वर्षौँदेखि ओगटेका छन् । अतिक्रमण बढेपछि लिफ्ट सिँचाइअन्तर्गत ‘सी’ नहर हराएर नक्सामा सीमित बन्नपुगेको छ ।
भरतपुर महानगरपालिका–१ मा पर्ने नारायणी लिफ्ट सिँचाइ विसं २०४० बाट सञ्चालनमा आएको थियो । लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत नहर ‘ए’ बाट नारायणीको पानी तानेर नहर ‘बी’ र नहर ‘सी’ मार्फत सिँचाइका लागि छोडिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)