नेदरल्यान्ड्सविरुद्ध ८१ रन जोड्दा नेपालको आधा टोली पेभेलियन फर्कियो
nagariknews.nagariknetwork.com · Thu Jul 23 11:10:22 GMT 2026
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सुरुवाती ८१ रन जोड्दा ५ विकेट गुमाएको छ। २३ ओभर ३ बलको खेल सकिँदा दीपेन्द्र सिंह ऐरी २१ रन बनाएर आउट भएपछि नेपालको आधा टोली पेभेलियन फर्किएको हो।
पाँचौँ विकेटका रूपमा आउट हुनुअघि दीपेन्द्रले ४२ बल खेलेर २१ रन जोडे। उनलाई २२.४ ओभरमा लोगान भान बिकको बलमा दत्तले क्याच आउट गराए। यसअघि टोलीको चौथो विकेटका रूपमा ईशान पाण्डे ४ रन बनाएर एलेक्स रोयको बलमा विकेटकिपर एडवर्ड्सद्वारा क्याच आउट भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)