अवैध निकासी रोक्न सीमा नाकामा कडाई
barnanmedia.com · Thu Jul 23 11:20:34 GMT 2026

सीमा नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले कडा निगरानी गर्ने अभियान सञ्चालन गरेको छ । भारतीय सीमा नाका हुँदै अवैध सामग्रीको तस्करी हुने गुनासो बढेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गणले विशेष अभियान सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरीले अभियान सञ्चालन गरेपछि पछिल्लो एक महिनामा मात्र ६० लाख ९४ हजार ८० रुपियाँ बराबरका अवैध सामान नियन्त्रणमा लिन सफल भएको गणपती गोपाल अधिकारीले बताउनु भयो । गणपति अधिकारीका अनुसार गत असार महिनामा मात्रै बरामद गरिएका सामानमा पिक अप, अटो, मोटरसाइकल, मासु, पशु चौपाया, माछा, कुखुरा, दूध, अण्डा, इलेकट्रोनिक तथा इलेकट्रिकल सामग्री, मोटरका पार्टपुर्जा, औषधी, लत्ताकपडा, मल खाद, सुर्तीजन्य पदार्थ, पेय पदार्थ, कस्मेटिक सामग्री, हार्डवेयरका सामान, फलफूल, किराना, हरियो तरकारी, मोबाइलका पार्टपुर्जा, पटका, पेट्रोलियम पदार्थ, नदीजन्य सामग्री तथा वन पैदावार लगायतका वस्तु रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)