विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
ratopati.com · Thu Jul 23 11:50:24 GMT 2026

नयाँ दिल्ली । भारतको हैदराबादबाट लन्डनतर्फ उडिरहेको ब्रिटिस एयरवेजको विमानमा उडानकै क्रममा तीनै जना पाइलट अचानक बिरामी परेका छन् । पाइलट बिरामी परे पनि विमानलाई सुरक्षित रूपमा लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गराइएको छ ।
डेली स्टारका अनुसार करिब साढे १० घण्टाको उडानका क्रममा बोइङ ७७७ विमान करिब ३० हजार फिटको उचाइमा पुगेपछि एक जना फर्स्ट अफिसरको स्वास्थ्य अचानक बिग्रिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई अक्सिजनसमेत दिनुपरेको थियो । उनी विमान सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)