‘फिट चेक’ देखि अश्रुग्याससम्म: भारतमा प्रदर्शनको अनुहार बदल्दै सामाजिक सञ्जाल
kalakarmi.com · Thu Jul 23 11:46:23 GMT 2026

नयाँ दिल्ली- भारतमा परीक्षा अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले अब सरकारको जवाफदेहिता माग्ने व्यापक अभियानको रूप लिएको छ। तर यो आन्दोलनको अर्को विशेषता भनेको सामाजिक सञ्जालमा देखिएको नयाँ शैली हो—रील, मीम, ‘फिट चेक’ भिडियो र व्यंग्यात्मक सामग्री।
दिल्लीको जन्तर–मन्तर र संसद् मार्चमा सहभागी हजारौं युवाले प्रदर्शनमा जानुअघि ‘फिट चेक’ भिडियो बनाए, लाठीचार्ज र अश्रुग्यासको जोखिमलाई समेत व्यंग्यात्मक शैलीमा प्रस्तुत गरे। कतिपयले ‘पुलिसको कुटाइ खान जाँदैछु’ भन्दै भिडियो पोस्ट गरे भने आन्दोलनपछि अश्रुग्यास र भागदौडका दृश्यलाई समेत हास्य मिसाएर रीलमा उतारे।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)