कांग्रेसभित्रको विवाद : भग्नावशेषको उत्तराधिकार
baahrakhari.com · Thu Jul 23 11:49:27 GMT 2026
राजनीतिक दलहरू एकै रातमा ढल्दैनन् । उनीहरू समाजका आकांक्षाको प्रतिनिधित्व गर्ने क्षमता क्रमशः गुमाउँदै जाँदा बिस्तारै कमजोर बन्छन् । इतिहासमा यसका अनेकौँ उदाहरण छन् । सुएज नहर संकटपछिको बेलायतको कन्जरभेटिभ पार्टी, लामो राजनीतिक जडतापछि जापानको लिबरल डेमोक्रेटिक पार्टी, दशकौंसम्म प्रभुत्व जमाएपछि भारतको राष्ट्रिय कांग्रेस, मेक्सिकोको इन्स्टिच्युसनल रिभोलुसनरी पार्टी (PRI) र इटालीको क्रिस्चियन डेमोक्रेटिक पार्टी यी सबैले अन्ततः एउटै पाठ सिके - निर्वाचन जित्ने संगठनात्मक क्षमतामात्र जनविश्वासको आधार बन्न सक्दैन । सभा हल भरिन सक्छन्, पार्टी कार्यालय व्यस्त देखिन सक्छन् र पुराना नेताहरूले संगठनमाथि नियन्त्रण कायम राख्न सक्छन् । तर मतदाता भने चुपचाप अर्को विकल्पतर्फ सरिसकेका हुन सक्छन् ।
नेपाली कांग्रेस पनि यस्तै मोडतर्फ उन्मुख देखिन्छ । पार्टीप्रतिको जनसमर्थन क्रमशः खस्किँदै गएको संकेत देखिए पनि पार्टीभित्र अझै भृकुटीमण्डपजस्ता सभामा देखिने भिडलाई राजनीतिक वैधताको प्रमाणका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति जीवित छ । तर यस्तो मापन भ्रमपूर्ण हुन सक्छ । यस्ता कार्यक्रममा उपस्थित हुने अधिकांश व्यक्ति संगठित र निष्ठावान कार्यकर्ता हुन्छन् । उनीहरूको उपस्थितिले संगठनको सक्रियता त देखाउँछ तर त्यसले समग्र जनमतको प्रतिनिधित्व भने गर्दैन । राजनीतिक उत्साह आवश्यक हुन्छ तर आत्मसमीक्षाविनाको उत्साहले दललाई वास्तविक जनभावनाभन्दा आफ्नै प्रतिध्वनिको घेराभित्र सीमित पार्ने जोखिम हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)