नेपालले गत आवमा भित्रायो रु. ४० अर्बको धान–चामल, अधिकांश पौष्टिकताहीन र विषादीयुक्त
corporatenepal.com · Thu Jul 23 11:57:36 GMT 2026

काठमाडौं । नेपाल कृषिप्रधान देशको रुपमा परिचित र यहाँको मूख्य बाली धान भए पनि गत आर्थिक वर्षमा मात्रै भारतसहित विभिन्न देशबाट करिब ४० अर्ब रुपियाँको धान चामल आयात गरेको छ ।
खासगरी तराई क्षेत्रमा धान उत्पादन हुनासाथ भारत निर्यात हुने र भारतका ठूला गोदामहरुमा राखिएका र दुई–तीन बर्षसम्म खपत हुन नसकी खान अयोग्य भएपछि त्यही धान उसिनेर तथा विभिन्न अखाद्य तथा विषादीयुक्त केमिकल प्रयोग गरी धान वा चामलको रुपमा नेपाल आयात हुने गरेको देखिँदै आएको छ । नेपालका भन्सार नाकाहरुमा यस्ता खाद्यान्नहरुको आयातमा कडाई गर्ने र गुणस्तर परीक्षण गर्ने पद्दती नहुँदा नेपालीहरु खान अयोग्य चामल उपयोग गर्न बाध्य हुँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)