टीभीएसको दोस्रो ईभी अर्बिटर नेपाली बजारमा सार्वजनिक
annapurnapost.com · Thu Jul 23 12:01:10 GMT 2026

काठमाडौं : टीभीएसको दोस्रो ईलेक्ट्रिक स्कुटर अर्बिटर नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबार अर्बिटर नेपाली बजारमा सार्वजनिक गरेको हो।
कम्पनीले अर्बिटरको मूल्य दुई लाख ८१ हजार ९०० रुपैयाँ तोकेको छ। टीभीएस अर्बिटरमा ३.१ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। यस स्कुटरमा २.५ किलोवाटको बीएलडीसी रियर हब मोटर जडान गरिएको छ। यो स्कुटरमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ११५ किलोमिटरसम्मको रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)