सिरहामा गोली चल्यो, दुई जना घाइते
ratopati.com · Thu Jul 23 12:14:58 GMT 2026

सिरहा ।सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो।
प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)